अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं साउन २३ उदयपुर, त्रियुगा नगरपालिका ६ चुरेबाट अवैध लागूऔषध गाँजा करिब २ सय ग्राम सहित त्रियुगा नगरपालिका ६ जलजले बस्ने २७ वर्षीय मनोज चौधरी र ३० वर्षीय सन्तोष
चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका
प्रहरी कार्यालय जलजलेबाट संयुक्त रुपमा खटिएको प्रहरीले लहानबाट गाईघाटतर्फ जाँदै
गरेको स।९ प ८२५१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार
उनीहरुलाई उक्त लागूऔषध सहित फेला परी पक्राउ गरेको हो ।


मोरङ, सुनवर्षी नगरपालिका ८ सिक्टीस्थितबाट मिक्लाजुङ गाउँपालिका ९ बस्ने ४१
वर्षीय गोविन्द प्रसाद भण्डारी र रतुवामाई नगरपालिका ५ घोपाबाध टोल बस्ने ३४ वर्षीय
दिपक पौडेललाई नियन्त्र गरिएको छ लागूऔषध १ सय एमएलको कोरेक्स डिसी ५ बोतल र पौरुष
जीवन ८४ क्याप्सुल भएको ८ प्याकेट सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी
चौकी सिक्टीबाट खटिएको प्रहरीले को ५ प १५९८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा
मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट
खटिएको प्रहरीले बिभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८ सय
५० मिली ग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा संखुवासभा खादबारी नगरपालिका(३ बस्ने ३४ वर्षीय बिक्रम राई, झापा बिर्तामोड
नगरपालिका २ बस्ने २२ वर्षीय तुम्बा भन्ने निर्मल चौधरी र झापा बिर्तामोड नगरपालिका(४
बस्ने २४ वर्षीय कल्याण क्षेत्री रहेका छन् । पक्राउमध्ये राईको साथबाट १ सय २५ मिली ग्राम,
चौधरीको साथबाट ६ सय मिली ग्राम र क्षेत्रीको साथबाट १ सय २५ मिलि ग्राम उक्त पदार्थ
प्रहरीले बरामद गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्