गायक अर्जुन पौडेलको गीत सार्वजानिक (भिडियो सहित)

काठमाडौं साउन २३ / गायक अर्जुन पौडेलको स्वरमा सजिएको गीत “बबाल” पछिल्लो समय दर्शक, स्रोताहरुले निकै रुचाईरहेका छन् । हाल बेलायत निवासी साहित्यकार जानु काम्वाङ्ग लिम्बुको शब्द, मीन विष्टको संगीत र कुमार थापाको एरेन्ज रहेको सो गीतमा गायक पौडेललाई लोकप्रिय गायिका मीना निरौलाले साथ दिएकी छिन् । एलिसा राई र भिमफेदी गाईजलाई ‘फिचरिङ्’ गरिएको उक्त गीतको भिडियो २ महिना अगाडि गायक पौडेलकै अफिसियल च्यानलमार्फत रिलिज गरिएको थियो ।

भिडियोको निर्देशन सोनम पाख्रीनले गरेका छन् । गायक पौडेलले बताएअनुसार ३ लाख ४० हजार भन्दा बढीले उक्त गीतको भिडियो हालसम्म हेरिसकेका छन् । हाल ओमनका कार्यरत गायक पौडेलले दर्शक, स्रोताको अत्याधिक माया र हौसलाले गर्दा नेपाली सांगीतिक क्षेत्रमा लागिरहन अझ धेरै आफुलाई प्रेरणा मिलेको बताए । साथै गायक पौडेलकै शब्द, संगीतमा नेपाल आईडल सिजन २ का बिजयी रवि ओडको स्वरमा “नशा” बोलको गीत हालै रेकर्ड भईसकेको छ । उक्त गीत भिडियोसहित चाँडै नै दर्शक, स्रोताहरुका लागि गायक पौडेलकै अफिसियल च्यानलबाट रिलिज गर्न लागिएको पनि गायक पौडेलले बताए ।
भिडियो


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961