काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्दा ३ को मृत्यु १४ घाइते


अरुण पोष्ट संवाददाता धादिङ साउन २४ / सर्लाहीबाट काठमाडौं आइरहेको ना ६ ख ७४६९ नम्बरको बस बिहान करिब ३ बजे धादिङको बेनिघाट रोराङ ३ सलाङघाटमा दुर्घटनामा परेको छ।

धादिङखा प्रमूख जिल्ला अधिकारी भागिरथ पाण्डेयका अनुसार बस त्रिशूली नदीमा खसेको छ।घटनास्थलमा नै रहेका पाण्डेयले बसबाट ३ जनाको मृतकको शव निकालिएको र १४ जना घाइतेको उद्धार गरेको जानकारी दिएका छन्। उनले क्षतिको पूर्ण विवरण आउन बाँकी नै रहेको बताए।

उनका अनुसार बस अप्ठ्यारो ठाउँमा खसेको र डोरीको सहायतामा तल झरेर उद्धार गर्ने काम भइरहेको जनाए।

चालक निदाएका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनको भनाइ छ। बसका लागि ३८ यात्रीले चलान काटेको देखिएको भएपनि बसमा सो भन्दा बढि यात्रीहरू रहेको हुनसक्ने उनले बताए।

यात्रुहरू मुडामा समेत बसेर यात्रारतः रहेकाले बसमा सवार यात्रु ३८ भन्दा बढि नै यात्रु हुनसक्ने अनुमान उनले गरेका हुन्। घटनाको पूर्ण विवरण आउन केहि समय लाग्ने उनले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्