बुबालाई भेट्न गएकी छोरी पक्राउ

इस्लामावाद, साउन २३ / पाकिस्तान मुस्लिम लिग नवाजकी उपाध्यक्ष मरियम नवाज सरिफलाई पाकिस्तानको जाँच एजेन्सी नेसनल एकाउन्टिबिलिटी ब्यूरो९एनएबी० ले हिरासतमा लिएको छ। मरियमलाई चौधरी सुगर मिल मुद्दामा हिरासतमा लिइएको हो।

आफ्ना बुवा तथा पूर्वप्रधानमन्त्री नवाज सरिफलाई भेट्नले जेलमा गएका बेलामा उनलाई पक्राउ गरिएको हो।

मरियमलाई एक प्रश्नावली दिइएको थियो, प्रश्नहरू चौधरी सुगर मिलसँग जोडिएका थिए। प्रश्नावलीमा भएका प्रश्नको जवाफ मरियमले बिहीबार दिउँसो तीन बजेसम्म दिइसक्नु पर्ने थियो। पाकिस्तानी सञ्चारमाध्यमहरूका अनुसार मरियमलाई एनएबीको मुख्यालय लगिएको छ।

यसअघि जुलाई ३१ ममा मरियम एनएबी गएर आफ्नो बयान दिएकी थिइन्। चौधरी सुगर मिलको मरियमको सबैभन्दा धेरै सेयर छ। उक्त कम्पनीको शंकाष्पद कारोबारबारे एनएबीले अनुसन्धान गरिरहेको छ। एजेन्सि


प्रतिक्रिया दिनुहोस्