भारतले कस्मिरबारे नेपाललाई जानकारी गरायो

काठमाडौं साउन २४ / काठमाडौमा भारतीय राजदूत मन्जिवसिंह पुरीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेटेर जानकारी गराएका हुन् भने दिल्लीमा नेपाली राजदूतलाई मन्त्रालय बोलाएर परराष्ट्र सचिवले जानकारी गराएका हुन्।

‘उहाँहरूले दिल्ली र काठमाडौंमा कस्मिरबारे आफ्नो सरकारको धारणा हामीलाई भन्नुभएको छ। खासगरी भारत सरकारले के गरेको हो भनेर’, सो जानकारीबारे सेतोपाटीसँग कुरा गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने।कुनै घटना हुँदा छिमेकीलाई जानकारी गराउनु सामान्य कूटनीतिक परम्परा रहेको पनि उनले बताए।

भारतको संविधानमै जम्मु(कस्मिरलाई दिएको विशेष अधिकार हटाउने निर्णय नरेन्द्र मोदीको सरकारले गरेको छ।राष्ट्रपतिले त्यस्तो निर्णय कस्मिरको विधान सभाको सहमतिमा मात्र गर्न सक्ने व्यवस्था संविधानमा छ।

अहिले कस्मिरको विधानसभानै नरहेको अवस्थामा संविधानको भावना विपरित दिल्लीले एकलौटी अधिकार काटेको भन्दै व्यापक विरोध भएको छ।प्रमुख प्रतिपक्षी दल कंग्रेसले सरकारले संविधानको हत्या गरेको आरोप लगाएको छ।

सो निर्णय गरेदेखि नै कस्मिरमा टेलिफोन र इन्टरनेट काटिएका छन् भने कस्मिर सहरभरी कर्फ्यु जारी गरिएको छ।सुरक्षाकर्मीले माइकबाट मानिसलाई घर बाहिर ननिस्कन चेतावनी दिएका छन्।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961