मोटरसाइकलबाट सेवा दिंदै आएको पठाओले आजदेखि ट्याक्सी सेवा सुरू गर्ने

काठमाडौं २४, साउन मोटरसाइकलबाट सेवा दिंदै आएको पठाओले आजदेखि ट्याक्सी सेवा सुरू गर्ने भएको छ। हालसम्म १ सय ५० ट्याक्सीले पठाओमा आवद्ध हुन निवेदन दिइसकेका छन्। ट्याक्सी सेवाको लागि १ सय रुपैयाँ सेवा शुल्क लाग्ने र त्यसपछि यात्रुले नेपाल सरकारले तोकेबमोजिम भाडा तिर्नुपर्ने छ।

सेवा शुल्कको पैसा तिरपेछि यात्रुले जुनसुकै ठाउंमा एपमार्फत ट्याक्सीलाई बोलाउन सक्नेछन्। हालसम्म पठाओको ५ लाख एप्स डाउनलोड भइसकेका छन्।


प्रतिक्रिया दिनुहोस्