जम्मु कश्मीरको एक तस्विर भाइरल

काठमाडौं साउन २५ / भारतीय जनता पार्टी भाजपा नेतृत्वको सरकारले जम्मू(कश्मीरको विशेषाधिकार खारेज गर्न त्यससँग सम्बन्धीत संविधानको अनुच्छेद ३७० खारेज गरेपछि त्यसलाई लिएर तनाव सुरु भएको छ।

छिमेकी मुलुक पाकिस्तानले भारतसँगको व्यापार, हवाई, रेल लगायत सेवा बन्द गर्दै जम्मू कश्मीरका लागि जे पनि गर्न तयार रहेको चेतावनी समेत दिएको छ।

यसैबीच जम्मू कश्मीरको एक सुन्दर तस्विर सार्वजनिक भएको छ । यो तस्विर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

निकै लोकप्रिय यो तस्विर जम्मू कश्मीरमा तैनाथ एक सीआरपीएफ महिला सुरक्षाकर्मीको हो । उक्त महिलाले एक बालकसँग हात मिलाएकी छिन् ।

महिला सुरक्षाकर्मीले बच्चासँग हात मिलाएको यो तस्विर सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । यस तस्विरलाई दूरदर्शन र प्रसार भारतीले तस्विर शेयर गर्दै लेखेका छन, ुयो विश्वास र मुस्कान अटूट संगम हो ।


प्रतिक्रिया दिनुहोस्