प्रधानमन्त्री स्वदेश फर्किने समय फेरि सर्‍यो

काठमाडौं साउन २६ / उपचारको सिलसिलामा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किने कार्यतालिका फेरि सरेको छ।

यसअघि उनी आइतबार नेपाल आउने भनिएको थियो। तर अब सोमबार दिउँसो साढे १२ बजेमात्रै नेपाल फर्किने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।‘

प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण सकिएर अस्पालबाट डिस्चार्ज भइसक्नुभएको छ, उहाँको स्वास्थ्य अवस्था ठीक छ, केही प्राविधिक कारणले मात्रै उहाँ नेपाल फर्किने कार्यतालिका परिवर्तन भएको जानकारी सचिवालयले बताए
स्वास्थ्यजाँचका लागि ओली साउन १८ गते सिंगापुर गएका थिए। यसअघि ओली गत शुक्रबार नै नेपाल फर्किने भनिएको थियो।


प्रतिक्रिया दिनुहोस्