गाउँपालिका अध्यक्षको गाडी आगजनी

दाङ साउन २६ / दाङमा अज्ञात समूहले गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा आगजनी गरेको छ ।शनिवार मध्यरातमा जिल्लाको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वली चढ्ने गाडीमा आगजनी भएको छ ।

आगलागी बाट रा १ झ १५२ नम्वरको बोलेरो गाडी पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

गाउँपालिकाको मुर्कटीस्थित वडा नं। ५ को कार्यालय परिशरमा पार्किङ गरेर राखिएको उक्त गाडी कस्ले र किन आगजनी गरेको हो रु भन्ने कुरा खुल्न नसकेको एसपी पाण्डेले बताए ।


प्रतिक्रिया दिनुहोस्