लोकसेवा आरक्षण बचाउ,आन्दोलनकारीमाथि प्रहरीद्वारा बल प्रयोग

काठमाडौं साउन २६ / काठमाडौंको भद्रकाली हुँदै सिंहदरबारतर्फ अघि बढेका अभियन्तामाथि दमन गरी १४ जनालाई गिरफ्तार गरिएको छ। प्रदर्शनमा आदिबासी, दलित, जनजाति, मधेशी, पिछडिएको क्षेत्रलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि उपस्थित थिए। लोकसेवा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापन खारेजीको माग राखेर प्रदर्शनमा उत्रिएका ‘आरक्षण बचाउ आन्दोलन’का अभियन्तामाथि प्रहरीले बल प्रयोग गरेको हो ।

प्रहरीले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराक, उपाध्यक्ष गोविन्द छन्त्यालसहित अभियन्ता थाङसाङ लावती, भक्त विश्वकर्मा, उस्मार सुनार, सहेक विश्वकर्मा, सुखवीर थामी, कासिन्द्र यादव, कल्पना सुनार, राकेश राई, बाङजु वाइबा तामाङ, दलमर्दन कामी र ससिन थारुलाई पक्राउ गरेको हो।


प्रतिक्रिया दिनुहोस्