किशोरीलाई बेचबिखन गर्ने उद्देश्यले लैजान लागेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं साउन २६ / विभिन्न प्रलोभन देखाई २० वर्षीया किशोरीलाई वेचविखन गर्ने उद्देश्यले लैजान लागेको अभियोगमा चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट रामेछाप खाँडादेवी गाउँपालिका-२ घरभएका ३१ वर्षीय भुवन तमाङ र काभ्रे खानीखोला गाउँपालिका-१ घर भएका २९ वर्षीयआईते बहादुर लोप्चनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।


महानगरीय प्रहरी बृत्त थानकोटबाट माईती नेपालका प्रतिनिधि सहित खटिएको
प्रहरीले ना.७ ख ५७०२ नम्बरको बस जाँच गर्ने क्रममा ति किशोरीलाई शंकास्पद रुपमा लिई
जाँदै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।


उनीहरुले ती किशोरीलाई झापाको बिर्तामोडमा रङ लगाउने काम लगाईदिन्छौं, कोही
कसैले चेकजाँच गर्ने क्रममा सोधपुछ गर्दा वास्तविक नाम नखुलाउनु र भाउजु सुत्केरी भएकीले
बिर्तामोड जान लागेको बताउनु भन्दै विभिन्न प्रलोभन देखाई वेचविखन गर्ने उद्देश्यले लैजान
लागेको अनुसन्धानको क्रममा खुल्न आएको उक्त वृत्तले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्