शेर्पा पर्यटन व्यवसायी संघको प्रथम महाधिवेशन साउन ३१ मा हुँंदै

अरुण पोष्ट संवाददाता काठमाडौं साउन २७ / शेर्पा पर्यटन व्यवसायी संघको प्रथम महाधिवेशन साउन ३१ मा हुने भएको छ । पर्यटन क्षेत्रमा आबद्ध सम्पूर्ण शेर्पा समुदायीहरुको हकहितको लागी संरक्षण गर्ने उद्देश्यले स्थापन भएको शेर्पा पर्यटन व्यवसायी संघ नेपाल स्टीन ले आफ्नो प्रथम महाधिवेशन साउन ३१ गते गर्ने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनबीच संघले जानकारी दिएको हो ।

मुलुकको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रमा क्रियाशील शेर्पा समुदायीहरु विश्वको विभिन्न स्थानमा छरिएर रहेका हुनाले सबैलाई एकै ठाउँमा गोलबद्ध भएर मुलुकको विकासमा थप टेवा पुर्याउने उद्देश्यले संघको स्थापना भएको संघका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले जानकारी दिए ।

यसैगरी संघका महासचिव संगम शेर्पाले सम्पूर्ण शेर्पा पर्यटन व्यवसायीहरु एउटै छातामुनि गोलबद्ध गराई सामुहिक हकहित र विश्व पर्यटन जगतमा पहिचान गराउदै पर्यटन क्षेत्रमा भएको गुणस्तरियहिन विक्री विसंगतीहरुको खबरदारी गर्दै सम्बन्धित निकायमा पुर्याई यस्तो कार्य गर्नबाट रोक लगाउने जानकारी समेत दिनुभयो ।

यस्तै संघका अनुसार खस्कदों पर्यटन बजारलाई माथि उठाउन र यो क्षेत्रबाट पलायन हुने अवस्थामा पुगेका दोस्रो पुस्ताका पर्यटन व्यवसायीलाई आकर्षण पेशाको रुपमा स्थापना गरी उनीहरुको वृद्धि विकासका लागि उत्प्रेरणा मुलक कार्यक्रमहरु संचालन गर्दै नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्य पर्यटन क्षेत्र बनाउने प्रतिवद्धता गर्नु भयो ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961