अन्तत: पाए सन्दीपले अमेरिकाको भिसा

अरुण पोष्ट संवाददाता काठमाडौं साउन २८ / नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । आज विहान भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासले तीन घन्टापछि सन्दीपलाई भिसा दिएको नेपाली टिमका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिएका छन् ।

यसअघि सन्दीपले क्यारेबियन प्रिमियर लिग सिपिएल० २०१९ खेल्न अमेरिका हुँदै जनाका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए ।

फाईल तस्विर

सबै कागजात समावेश गर्दागर्दै पनि आफूलाई भिसा नदिएकोमा अचम्म लागेको भन्दै सन्दीपले ट्विटरमा पोस्ट गरेका थिए । दोस्रो सिजन सिपिएल खेल्न लागेका सन्दीप यसपटक बार्बाडस ट्राइडन्ट्समा ७८ लाख रुपैयाँमा आबद्ध भएका थिए । लिगका लागि सन्दीप सेप्टेम्बर पहिलो साता वेस्ट इन्डिज पुग्ने कार्यक्रम छ । त्यसअघि सन्दीपले अमेरिका भ्रमण गर्न चाहेका थिए ।


प्रतिक्रिया दिनुहोस्