फुटसल च्याम्पियनसिपः नेपालको पहिलो खेल ताजकिस्तानसँग

इरानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपालले ताजकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसियाली फुटबल महासंघ एएफसी ले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल नेपाल समूह ‘ए’ मा परेको छ । कठिन मानिएको यस समूहमा नेपाल सहित उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान रहेका छन ।

समुह ‘बी’ मा इरान, किर्गिस्तान र तुर्कमिनिस्तान रहेका छन् । अक्टोबर २३ देखि २५ तारिख सम्म हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले ताजिकिस्तान, २४ तारिखमा उज्वेकिस्तान र २५ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।छनोट प्रतियोगिताबाट शीर्ष टोली फाइनल चरणमा छनोट हुनेछन् । फाइनल चरणको खेल फेब्रुअरी २७ देखि मार्च ८ गतेसम्म तुर्कमिनिस्तानमा हुनेछ ।

यो प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ एन्फा ले खेलाडी छनोटका लागि खेलाडीको खुला आवेदन गरी आइतबारबाट खेलाडी छनोट सुरु गर्ने लागेको छ ।छनोटमा परेका उत्कृष्ट ३० खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर अन्तिम तयारी गराउने पनि एन्फाले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्