नेकपा सचिवालय बैठक फेरि स्थगित,

काठमाडौं साउन २९ / बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको सचिवालय बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको छ ।पार्टी एकीकरण प्रक्रिया टुंग्याउन नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षले लगातार गरेको परामर्श असफल भएपछि सचिवालय बैठक फेरि सरेको हो।

फाईल तस्विर

यसअघि मंगलबार पनि बैठक स्थगित भएको थियो। सोमबार प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फर्किएपछि सोमबार दुई अध्यक्षबीच परामर्श भएको थियो।त्यसपछि उनीहरूले मंगलबार साँझ र बुधबार बिहान पनि परामर्श गरे। सहमति जुट्न नसेकपछि आजका बोलाइएको बैठक बिहीबारका लागि सरेको छ।

सचिवालय बैठक स्थगित भए पनि दुई अध्यक्षको परामर्श भने जारी रहने बालुवाटार स्रोतले जनाएको छ।सहमतिकै पहल गर्न अध्यक्षहरूबीच दिउँसो ३ बजे फेरि बैठक हुँदैछ,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले सेतोपाटीसँग भन्यो।नेकपा सचिवालय सदस्य माधवकुमार नेपालले आफूले बैठक स्थगित भएको सूचना पाएको तर कारण थाहा नभएको बताए।

सेतोपाटीसँग कुराकानी गर्दै नेपालले पार्टीका विभाग, जनवर्गीय संगठन, विभिन्न आयोगलगायतको नेतृत्वका बारेमा छलफल धेरै भए पनि टुंगोमा पुग्न नसकिएको बताए।साथीहरूले विधिमा भएर कुरा गरिरहनुभएको छैन। त्यसैले सहमति हुन कठिन भइरहेको छ,’ नेपालले सेतोपाटीसँग भने।

१४ महिनाअघि तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा अहिले पार्टीको विभागीय जिम्मेवारीबारे कुरा मिलेको छैन। त्यसमा पनि पार्टीका नीति र सिद्धान्तबारे प्रशिक्षण दिने स्कुल विभागको प्रमुख को बन्ने भन्ने कुरा पेचिलो बनेको छ।नेकपामा स्कुल विभागको सकस यथावत, दुई अध्यक्ष छुट्टाछुट्टै परामर्शमानेपाल कम्युनिष्ट पार्टी नेकपामा पार्टी स्कुल विभागको नेतृत्वको सकस झन गहिरिएको छ।

सहमतिको समय लम्बिदै जाँदा विभाग प्रमुख बन्न चाहना राख्ने नेताहरुको संख्या पनि बढ्दै गएपछि दुई अध्यक्षलाई निर्णय लिन कठिन भएको हो।३३ विभागमध्ये अरु विभागमा मोटामोटी सहमति भएता पनि स्कुल विभागको नेतृत्वमा सहमति जुट्न नसक्दा एकीकरण प्रक्रिया लम्बिएको छ।

सोमबार प्रधानमन्त्रीले सिंगापुरबाट फर्किएलगत्तै दुई अध्यक्ष र मंगलबार दिनभर पार्टीका शीर्ष नेताहरुसँग यही विषयमा छलफल गरेका थिए।दिउँसो दुई जना अध्यक्षले नेताहरुसँग छुट्टाछुट्टै परामर्श गरेर साँझ फेरि छलफल गरेका थिए।

तर प्रम ओली र दाहाल ठोस निचोडमा भने पुग्न नसकेको उनीहरू निकट स्रोतको भनाइ छ।मंगलबार अध्यक्षहरुसँग बेग्लाबेग्लै परामर्श गरेका सचिवालय सदस्यहरुले पनि अब एकता प्रक्रिया धेरै लम्ब्याउन नहुने भन्दै त्यसको निचोड निकाल्ने जिम्मा अध्यक्षहरुले नै लिनुपर्ने सुझाव दिएका छन्।

‘अब पार्टी एकता र नेताहरुकै जिम्मेवारीका विषयमा मात्रै छलफल गर्न धेरै बैठक बसिरहनु हुँदैन, एउटा ठोस निष्कर्षमा पुग्नुस् हामीलाई मान्य छ भनेर अध्यक्षहरुलाई भनेका छौँ, बाँकी उहाँहरुकै तजविजको कुरा हो।’

तर दुई सचिवालय सदस्यहरुमध्ये ईश्वर पोखरेललाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले र अर्का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई अध्यक्ष प्रचण्डले नै स्कुल विभाग प्रमुख बनाउन चाहेकाले पनि कुरा मिल्न कठिन भएको हो।

‘सचिवालय सदस्यहरुको मात्रै आकांक्षाको कुरा हुन्थ्यो भने अध्यक्षहरुले ठोस निर्णय लिनुहुन्थ्यो, त्यसलाई नाईं भन्न कसैले सक्दैनथ्यो, यहाँ त अध्यक्षहरुकै चाहना बाझिंयो।’सचिवालय स्रोतले भन्यो ‘त्यसैले स्कुल विभाग प्रमुख बन्ने कुरा प्रतिष्ठासँग जोडिदै गएको छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले स्कुल विभाग प्रमुखको जिम्मेवारी पोखरेललाई नै दिन चाहेका छन्।अर्का अध्यक्ष प्रचण्डले सहमतिका आधारमा श्रेष्ठ बाहेक अरु सचिवालय सदस्यहरुलाई पनि स्कुल विभाग प्रमुख बनाउन सकिने तर पोखरेलका विषयमा भने सोच्नैपर्ने तर्क राखिरहेकाले कुरा मिल्न नमिलिरहेको हो।

तर स्कुल विभाग प्रमुखका आकांक्षी सचिवालय सदस्यहरु पोखरेल र श्रेष्ठले भने यो विषय त्यति ठूलो नभएको र सहमतिमै सल्टाउन सकिने बताएका छन्।
नेकपाका ३३ विभाग, विभिन्न आयोगहरु, जनवर्गिय संगठनका इन्चार्ज सह(इन्चार्ज लगायतले नेतृत्व पाउन बाँकी छ।
उनीहरुले अन्तिम निर्णय गर्ने जिम्मेवारी अध्यक्षहरुको नै भएको भन्दै विषयलाई धेरै तन्काउन नहुने बताएको ती नेताहरु निकट स्रोतले जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस्