छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु


काठमाडौं साउन २९ / काठमाडौं, रौतहट, सप्तरी, बर्दिया र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका(१६ बनस्थलीस्थित सडकमा ना।४ ख १४७९ नम्बरको
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री ललितपुर ईमाडोल-४ बस्ने ५५ वर्षीय उद्धव सुनाम नेपालीको पिपुल्स अस्पताल नयाँबजारमा उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको छ ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रौतहट, राजपुर नगरपालिका(२ फतवास्थित सडकमा मंगलबार दिउँसो बिआर ३२ पिए १५४१ नम्बरको स्कारपियो गाडीको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री भारत सितामढी
ग्राम पञ्चायत पोरही बस्ने ६० वर्षीय बिन्देश्वर दासको गौर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरी, बोदेबरसाइन नगरपालिका(७ स्थित सडकमा अनटेस्ट लेखिएको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री अन्दाजी ७० वर्षीय फगुनी दासको उपचारको लागि लैजाने क्रममा मंगलबार दिउँसो बाटोमै मृत्यु भएको छ । फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै बर्दिया, बासगढी नगरपालिका(६ सतरिया भन्ने स्थानमा भे।२ प ७४५२ नम्बरको
मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका
मोटरसाइकलमा सवार सोही नगरपालिका(५ पानीट्याङकी बस्ने ४७ वर्षीय खेमलाल सुबेदीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

रुपन्देही, तिलोत्तमा नगरपालिका(१३ स्थित सडकमा लु।१ च ३२४६ नम्बरको बलेरो
गाडीले सडक छेउमा बसिरहेको अवस्थामा ठक्कर दिँदा गम्भीर घाइते भएका सोही नगरपालिका -१५ बस्ने २५ वर्षीय बसन्त थापाको बुधबार बिहान क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको छ । फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्