युकेको रसमोरमा आदिबासी नेपाली चलचित्र ‘थात्थलो’ प्रदर्शन हुने

सन्देशमुलक तथा मनोरञ्जनात्मक नेपाली चलचित्र थात्थलो संसारभर प्रदर्शन हुने क्रममा भरतमणी चोङ्बाङको संयोजकत्वमा युकेको रसमोरमा पनि प्रदर्शन हुने भएको छ ।

Old bright stone wall background

हङकङ, काठमाडौ, तेह्रथुम, पाँचथर र युकेको Graysमा भव्य र सफल प्रदर्शन भईसकेको छ । संसारका सबै आदिवासीहरूमा समर्पित थात्थलो चलचित्र नेपाली भाषामा रहेकोछ । सबैको कतै न कतै आफ्नो पुर्ख्यौली थलो अर्थात थात्थलो हुन्छ । आफ्नो थात्थलोप्रतिको प्रेम, उन्नति र स्वालम्बनको बारेमा बनिएको चलचित्र विशेष नोस्टाल्जिक मनहरूलाई समर्पण गरिएकोछ ।

संखुवासभा, तेह्रथुम र ताप्लेजुङको रमणीय( सुन्दर ठाउँ गुफा पोखरी, मेन्छ्यायेम, तीनजुरे, मिल्के, सुकेटार आदि ठाउँमा छायाङ्कन भएकोछ । यस चलचित्रलाई नेपाली समुदायमा पनि देखाउन KYC Rushmoor शाखाले च्यारिटी शो गर्दैछ । साथमा यस चलचित्रका नायिका सुमी लिम्बू, लेखक(निर्देशक खगेन्द्र पन्धाक लिम्बू र खल पात्र जैसन लिम्बूको पनि उपस्थिति रहनेछ ।


प्रतिक्रिया दिनुहोस्