अवैध लागूऔषध सहित चार जना पक्राउ

काठमाडौं साउन ३० / मकवानुर, हटौंडा उपमहानगरपालिका‍ १० बसपार्कबाट बा ५ ख १८२५ नम्बरकोमिनिट्रकमा रहेको अवैध लागूऔषध गाँजा करिब ५९ किलो ५ सय ८० ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाश गाउँपालिका ६ बस्ने २० वर्षीय भिमसेन मोक्तान र सोही ठाउँ बस्ने २६ वर्षीय रोशन लामा रहेका छन् ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले
पालुङबाट वीरगंजतर्फ जाँदै गरेको उक्त मिनिट्रक जाँच गर्ने क्रममा चालक बस्ने सिटमुनी फल्स बटम बनाई प्लास्टिकको पोकामा लुकाईछिपाई लैजाँदै गरेको उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई ट्रक सहित पक्राउ गरेको हो ।

मोरङ, बिराटनगर महानगरपालिका १३ बाट भारत अररिया जोगवनी बस्ने १८
वर्षीय मोहम्मद अल्फाज र सोही ठाउँ बस्ने १८ वर्षीय मोहम्मद समिर समेत २ जनालाई लागूऔषध खैरो हेरोइन करिब ५ ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961