छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

काठमाडौं साउन ३० / गोकर्णेश्वर नगरपालिका ५ जोरपाटीस्थित मिना लामाको खाजा घरमा जुवातास खेलिरहेका लामा समेत ६ जनालाई नगद १९ हजार १ सय ५० रुपैयाँ र १ बुक तास सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका ६ बौद्ध रामहिटीस्थित सोलुखुम्बु घर भएका ३६वर्षीय निमा शेर्पाको हिमालयन शेर्पा किचनमा जुवातास खेलिरहेका शेर्पा समेत ५ जनालाई १ बुक तास र नगद २ हजार ७ सय ९० रुपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961