पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा रवि लामिछाने संगै २ जना पक्राउ

काठमाडौं साउन ३० / प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई पक्राउ गरेको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणसँग जोडिएका लामिछाने, युवराज कँडेल र अस्मिता कार्की पक्राउ परेका हुन् ।

नुवाकोटका पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि भन्दै उनीहरुलाई पक्राउ गरिएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।

फाईल तस्विर

रवि लामिछाने न्यूज २४ टिभीबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता हुन् भने कँडेल पनि सो कार्यक्रमका सञ्चारकर्मी हुन् । यता पक्राउ परेकी ओखढुंगाकी कार्की भने नर्स हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवन र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले लामिछाने र कँडेललाई साँझतिर लाजिम्पाटस्थित टेलिभिजन कार्यालयबाटै पक्राउ गरेको हो भने कार्कीलाई कलंकीबाट नियन्त्रणमा लिएको हो ।

पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय चितवनमा उनीहरुविरुद्ध किटानी जाहेरी परेको छैन् । यता परिसरका प्रवक्ता होविन्द्र बोगटीले सार्वजनिक चासोको विषय भएर उनीहरुलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको बताए ।

यता पत्रकार पुडासैनी २०७६ साउन २० गते चितवनको होटल कंगारुको कोठा नम्बर २०२ मा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । उनले आत्महत्या गर्नु अघि रुँदै आफैंले मोबाइलमा दुई वटा भिडियो बनाएका थिए ।
यो विषयमा चितवन प्रहरीले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्