नेकपाको ३३ विभागको जिम्मेवारी टुङ्गियो प्रमुख र उप-प्रमुखमा को को छन ? (सूचीसहित)

काठमाडौं, ३१ साउन । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले पार्टीका ३३ विभागको नेतृत्व टुङ्गो लगाएको छ । स्कुल विभागमा अड्किरहेको विवाद सल्टिएसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सबै ३३ विभागको टुङ्गो लगाएको हो ।

३३ मध्ये १९ विभागमा पूर्व एमालेका नेताहरू र १४ मा पूर्व माओवादी केन्द्रका नेताहरूले जिम्मेवारी पाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारी दिएका छन् । लामो रस्साकस्सी भएको स्कुल विभागको नेतृत्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले पाएका छन् । सचिवालय सदस्य माधवकुमार नेपाल विदेश विभाग प्रमुख बनेका छन् भने राम कार्कीलाई उपप्रमुखको जिम्मेवारी दिइएको छ ।

नीति तथा प्रतिष्ठान विभागको नेतृत्व पूर्व प्रधानमन्त्री झलनाथ खनालले पाएका छन् ।
त्यस्तै नेता वामदेव गौतमलाई संगठन विभाग प्रमुख बनाइएको छ ।
कुन विभागको प्रमुख र उपप्रमुखमा को–को रु
१. विदेश
प्रमुख–माधवकुमार नेपाल
उपप्रमुख–राम कार्की
२. स्कुल
प्रमुख–ईश्वर पोखरेल
उपप्रमुख–देवेन्द्र पौडेल
३. संगठन
प्रमुख–वामदेव गौतम
उपप्रमुख–जनार्दन शर्मा

४. नीति तथा अध्ययन
प्रमुख–झलनाथ खनाल
उपप्रमुख–रामचन्द्र झा
५. प्रचार
प्रमुख–नारायणकाजी श्रेष्ठ
उपप्रमुख–सूर्य थापा
६. अर्थ तथा योजना
प्रमुख–सुरेन्द्र पाण्डे
उपप्रमुख–डोरप्रसाद उपाध्याय
७. उद्योग तथा वाणिज्य
प्रमुख–राधा ज्ञवाली
उपप्रमुख–वामदेव क्षेत्री
८. उपभोक्ता हित तथा आपूर्ति
प्रमुख–मातृका यादव
उपप्रमुख–बलराम बाँस्कोटा
९. कृषि तथा भूमिसुधार
प्रमुख–चक्रपाणि खनाल,
उपप्रमुख–हरि पराजुली
१०. कोष तथा आर्थिक व्यवस्थापन
प्रमुख–हरिबोल गजुरेल
उपप्रमुख–कृष्णगोपाल श्रेष्ठ

११. खानेपानी तथा सरसफाइ
प्रमुख–बीना मगर
उपप्रमुख–ममता गिरी
१२. जलस्रोत, सिंचाइ तथा उर्जा
प्रमुख–बर्षमान पुन
उपप्रमुख–पर्शुराम मेघी गुरूङ
१३. निर्वाचन विभाग
प्रमुख–प्रदीप ज्ञवाली
उपप्रमुख–खिमलाल देवकोटा
१४. न्याय कानुन तथा मानवअधिकार
प्रमुख–रघुजी पन्त
उपप्रमुख–मुक्तिनारायण प्रधान
१५. पर्यटन प्रर्वद्धन तथा नागरिक उड्ययन
प्रमुख–योगेश भट्टराई
उपप्रमुख–पासाङ शेर्पा
१६. प्रादेशिक मामला
प्रमुख–घनश्याम भुषाल
उपप्रमुख–परशु तामाङ
१७. पुस्तकालय
प्रमुख–नारायणप्रसाद शर्मा
उपप्रमुख–ज्ञानबहादुर भुजेल
१८. भौतिक पूर्वाधार तथा यातायात व्यवस्था
प्रमुख–रघुवीर महासेठ
उपप्रमुख–हरि अधिकारी
१९. युवा तथा खेलकुद
प्रमुख–टोपबहादुर रायमाझी
उपप्रमुख–ठाकुर गैरे
२०. राजकीय मामिला तथा सुशासन
प्रमुख–रामबहादुर थापा बादल
उपप्रमुख–गुरु बराल
२१. शिक्षा तथा मानव स्रोत विकास
प्रमुख–गिरिराजमणि पोखरेल
उपप्रमुख–विजय पौडेल
२२. वन तथा वातावरण
प्रमुख–शक्ति बस्नेत
उपप्रमुख–चुँडामणि जंगली
२३. श्रम तथा रोजगार
प्रमुख–गोकर्ण बिष्ट
उपप्रमुख–रामेश्वर राय यादव
२४. संघीय संसद
प्रमुख–सुवास नेम्वाङ
उपप्रमुख–देवप्रसाद गुरूङ
२५. समाज कल्याण
प्रमुख–केशवलाल श्रेष्ठ
उपप्रमुख–गोपाल ठाकुर
२६. सहकारी तथा गरिबी निवारण
प्रमुख–विष्णु रिमाल
उपप्रमुख–धर्मदत्त देवकोटा
२७. शहरी विकास
प्रमुख–लेखराज भट्ट
उपप्रमुख–जगन्नाथ खतिवडा
२८. सामान्य प्रशासन
प्रमुख–लालबाबु पण्डित
उपप्रमुख–रेखा शर्मा
२९. साहित्य कला तथा संस्कृति
प्रमुख–मणि थापा
उपप्रमुख–बिष्णु रिजाल
३०. स्थानीय तह
प्रमुख–युवराज ज्ञवाली
उपप्रमुख–उर्मिला अर्याल
३१. स्वास्थ्य तथा जनसंख्या
प्रमुख–राजेन्द्र पाण्डे
उपप्रमुख–अन्जना बिसंखे
३२. कृषि तथा भूमि सुधार
प्रमुख–चक्रपाणि खनाल
उपप्रमुख–हरि पराजुली
३३. कोष तथा आर्थिक
प्रमुख–हरिबोल गजुरेल
उपप्रमुख–कृष्णगोपाल श्रेष्ठ


प्रतिक्रिया दिनुहोस्