तीजको अवसरमा ताप्लेजुङ समाजले ६५ बर्ष माथिका आमाहरुलाई सम्मान गर्ने (भिडियो )

काठमाडौं ३१ साउन / नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा ताप्लेजुङ समाज नेपालले आमा सम्मान तथा तीज कार्यक्रम गर्ने भएको छ । काठमाडौंको धुम्वाराही स्थित एस आर क्याटरिङमा २०७६ भदौ ७ गतेका दिन एक कार्यक्रमका बीच आमा सम्मान तथा तीज कार्यक्रम गर्न लागेको हो ।

भिडियो

कार्यक्रममा ताप्लेजुङबाट काठमाडौं आई बसोबास गर्ने ६५ वर्ष माथिका आमाहरुलाई सम्मान गरिने आमा सम्मान तथा तीज कार्यक्रमका संयोजक तारा श्रेङ मादेनले जानकारी दिएकी छिन् ।

१५ सय भन्दा बढि ताप्लेजुङबासी तथा गैर ताप्लेजुङबासीहरुको उपस्थितीमा बिभिन्न जातीका परम्परागत नाचगानसहित कार्यक्रम भब्य रुपले सम्पन्न गर्ने तयारी रहेको संयोजक मादेनले बताईन् ।

नेपालकै सर्वाधिक संख्यामा रक्तदान गर्ने संस्थामा ताप्लेजुङ समाज दोस्रो स्थानमा

काठमाडौं ३१ जेठ र ताप्लेजुङ समाज नेपालले यस वर्षको सर्वाधिक संख्यामा रक्तदान गर्ने संस्थामा दोस्रो स्थान हात पार्न सफल भएको छ ।

शुक्रबार ब्लड डोनर एसोसिएन अफ नेपालले विश्व रक्तदान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा यस वर्ष रक्तदान गर्ने १५ सय बढि संस्थाहरुलाई पछि पार्दे ताप्लेजुङ समाज नेपालले दास्रो स्थान हात पार्न सफल भएको हो ।

कार्यक्रमको प्रमुख अतिथी स्वस्थ्य तथा जनसख्या राज्यमन्त्री डा सुरेन्द्र कुमार यादवले समाजका अध्यक्ष डम्बर बहादुर तुम्बाहाङफे र महासचिव अग्नि पौडेललाई सिल्भर, रनिङ सिल्ड र प्रमाणपत्र प्रदान गरेर सम्मान गरेका थिए । ताप्लेजुङ समाज नेपालले यस वर्षको सर्वाधिक धेरै सख्यामा रक्तदान गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको भएपनि दोस्रो स्थानमा चित बुझाउनु परेको र अर्को वर्ष प्रथम नै हुने रकतदान कार्यक्रमका संयोजक रमेश बरालले बताए ।

ताप्लेजुङ समाज नेपालले आफ्नो स्थापनाकालमै वृहत रक्तदान कार्यक्रम लगायत अन्य धेरै महत्वपुर्ण कार्यहरु पनि गरिसकेको र केही प्रक्रियामै रहेको समाजका अध्यक्ष डम्बर बहादुर तुम्बाहाङफेले जानकारी दिए ।

ताप्लेजुङ समाजको रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

काठमाडौं – नयाँ बर्षको अवसरमा ताप्लेजुङ समाज नेपाल र घुन्सा फाउण्डेसनले बृहत रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्यका साथ सम्पन्न गरेको छ। प्रदेश नम्बर एकको मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा शनिबार धुम्वाराहीको एस आर पार्टी प्यालेसमा कार्यक्रम सम्पन्न भएको हो।

त्यसैगरि अतिथी नेकपाका केन्द्रिय सदस्य तथा पुर्व सांसद पासाङ शेर्पा, पुर्व सांसद डम्बरध्वज तुम्बाहाङ्फे र पुर्व सांसद भुपेन्द्र थेबे,लगायत अन्य धेरै बिशिष्ट ब्यातित्वहरुको बाक्लो उपस्थिती रहेको थियो।

प्रमुख अतिथी शेरधन राईले ताप्लेजुङ समाज नेपालले प्रदेश नम्बर एकको समग्र विकास र उन्नतीको यात्रामा अलग्गै पहिचान बोकेर देशलाई योगदान गर्न भुमिका खेल्ने विस्वास ब्यक्त गरे। साथै प्रदेश नम्बर एकको समग्र विकास र समृद्धमिा सबै जिल्लाहरुले ताप्लेजुङ समाज नेपाल जस्तो संस्था स्थापना गर्न आस्वयक रहेको बताए।

ताप्लेजुङ समाज नेपाल बिशेष गरि ताप्लेजुङबाट काठमाडौं आएर बिभिन्न पेशा ब्यावसायमा आवद्ध भई बसोबास गर्ने आम ताप्लेजुङवासीहरुको बिशुद्ध साझा र स्वतन्त्र संस्थाको रुपमा स्थापना भएको र यस संस्थाले आपनो स्थापनाकालसंगै आम ताप्लेजुङवासीहरुको हितको निम्ती बिभिन्न महत्वपूर्ण कामहरु गर्दैै आएको र अन्य योजनाहरु अगाडी बढाईरहेको र त्यसैको निरन्तरतामा यो कार्यक्रम पनि आयोजना गरिएको संस्थाका अध्यक्ष डम्बर बहादुर तुम्बाहाफेले बताए।

विहान ११ वजेबाट सुरु भई बेलुका ५ बजे सम्म चलेकोे रक्तदान कार्यक्रममा २७७ जनाले रक्तदान गरेका थिए। एकै दिनमा यति धेरैको सख्यामा एकैपटक रक्तदान भएको नेपालको सम्भवत पहिलो कार्यक्रम भएको आयोजकले दावी गरेका छन्।

कार्यक्रम हजारौं जिल्लावासीहरको उपस्थितीमा सम्पन्न भएको हो। कार्यक्रमलाई ब्यावस्थित र भव्य बनाउन गाँउपालिका र एक नगरपालिकाको छुटटा छुटै स्टलहरु राखिएको थियो। रक्तदान सगै वृहत सांगितिक कार्यक्रम पनि सम्पन्न भएको छ।

स्थानिय कलाकारदेखि राष्टिय्र स्तरका ख्याती प्राप्त कलाकारहरुको वेजोड प्रस्तुती रहेको थियो। पहिलो नेपाली तारा दिपक लिम्बु, डम्बर नेपाली अहिलेको चर्चित हाँस्य कलकार उमेश राई फुलन्देको आमा,मौसम इम्बु फुलन्देको बाउले दर्शकशरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए।

औपचारिक कार्यक्रमको सञ्चालन ताप्लेजुङ समाजका महासचिव महासचिव अग्नि पौडेलले गरेका थिए भने अनौपचारिक कार्यक्रमको सञ्चालन ताप्लेजुङ समाजका उप महासचिव याङजोम शेर्पाले गरेका थिए। वृहत रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रमसंगै सस्थाको सदस्यता वितरण, क्यालेण्डर वितरण पनि गरिएको थियो।

ताप्लेजुङ समाज नेपालले ७५ जना जेहेन्दार विद्यार्थीलाई छात्रबृती प्रदान गर्दै

काठमाडौं १४ बैशाख र ताप्लेजुङ समाज नेपालले ताप्लेजुङको ७५ जना जेहेन्दार विद्यार्थीलाई छात्रबृती प्रदान गर्ने भएको छ । ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पस र सिनाम बहुमुखी क्याम्पसमा अध्ययनरत स्नातक तह र स्नतकोत्तर तहका ७५ जना जेहेन्दार बिध्यार्थीहरुलाइ एक बर्षभरीको क्याम्पस शुल्क र भर्ना शुल्क बापत लाग्ने सम्पुर्ण रकमको छात्रबृती बितरण गर्ने भएको हो ।

छात्रबृति रकम करीब ७९ जना स्पोन्सरहरुले प्रत्याभुत कार्यक्रम ९स्पोन्सरसिप० बिधीबाट एकै पटक यतीका ठुलो संख्यामा बिध्यार्थीहरुलाइ बितरण गरिएको ताप्लेजुङ समाज नेपालका उपाध्यक्ष तथा पाथीभरा शैक्षिक अक्षयकोष अभियानको संयोजक इन्द्र शेर्पाले जानकारी दिएका छन । छात्रबृती बितरणको लागि क्याम्पस प्रशासन, क्याम्पस ब्यवस्थपन संघ, प्राध्यापक संघ समेतका निकायहरुलाइ ताप्लेजुङ समाज नेपालले समन्वयको सम्पुर्ण कार्य लिखित रुपमा पुरा गरी सकेको छ ।

अभियानको सम्पुर्ण संयोजन ताप्लेजुङ समाज नेपालको ५ मुख्य अभियान अन्र्तगत पाथीभरा शैक्षिक अक्षयकोष अभियानको संयोजक इन्द्र शेर्पा र सदस्य सचिव हरी थलङले गरी रहनु भएको छ भने आज बसेको स्पोन्सरहरुको बैठकले क्याम्पसहरुसंग समन्वय गर्ने काम समाजको उपाध्यक्ष रमेश बराल र युवराज गुरुङले गर्ने गरी निर्णय गरेको छ ।

बैठकमा समाजका पदाधिकारीहरु सहित पुर्व मन्त्री मणी लामा, क्याम्पस ब्यवस्थापन समितिको सदस्यहरु शिला इजम र छिरिङ लामाको समेत सहभागिता


प्रतिक्रिया दिनुहोस्