ताप्लेजुङमा रोपाई जात्रा हुंदै

ताप्लेजुङ साउन ३२ / ताप्लेजुङमा परम्परागत रुपमा निकालिदैं आएको रोपाई जात्रा शनिबार विभिन्न अभिनयका साथ मनाइएका छन् । पूर्वी पहाडको मौलिक पर्वकोरुपमा रहेको रोपाई जात्रामा धान रोप्दा गरिने जातजातीको संस्कृति र कला झल्काउने खालको अभिनय गरिन्छ।

रोपाई गितको साथमा अघिअघि गोरुहली अनि पछि पछि रोपारले हिलोमा धान रोपेको अभिनय गर्दै एक सय धेरै बालबालिका र युवायुवती जात्रामा सहभागी हुने नेपाल भाषा तथा साँस्कृतिक समाज ताप्लेजुङका अध्यक्ष निरोज श्रेष्ठले जानकारी दिएका छन । राणा शासनकाल देखिनै नेवार जातीले सुरु गरेको यो जात्रा अहिले आएर सम्पूर्ण ताप्लेजुङको पर्वको रुपमा विकास भएको बताइन्छ।


प्रतिक्रिया दिनुहोस्