वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारी रहिनन्

काठमाडौं साउन ३२ / वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ।अधिकारीको शनिबार बिहान डल्लुस्थित आफ्नै निवासमा निधन भएको अभिनेता कृष्ण मल्लले जानकारी दिएका हुन्। ७२ वर्षीया अधिकारी केही वर्षदेखि दम रोगबाट पीडित थिइन्।

उनको जन्म २००४ सालमा भएको थियो। कलाकारितामा नै आफ्नो जीवन अर्पण गरेकी उनले पाँच वर्षको उमेरमै सरस्वती सदन क्याम्पस मा शास्त्रीय नृत्य गरेकी थिइन् । ६ वर्षको उमेरमा नेवारी नाटक कचिमचा’काँचो माटो बाट उनको अभिनय यात्रा सुरु भएको थियो ।

उनका १ छोरा र छोरी छन्। दर्जनौ नाटक, टेलिश्रृखंला तथा सिनेमामा अभिनेत्री रहेकी अधिकारी नेपाली दर्शकमाझ ,कन्यादान सिनेमामा गरेको छुच्ची सासूको भूमिका लागि चर्चित छिन्। उनको आजै आर्यघाटमा अन्तिम संस्कार गरिनेछ।


प्रतिक्रिया दिनुहोस्