आदिवासी नेता आङकाजी शेर्पाले रबिको विषयमा यस्तो भने

मिङमा शेर्पा पाङकर्मा काठमाडौं साउन ३२ / आदिवासी जनजाती नेता आङकाजी शेर्पाले रबिको विषयमा आक्रोसित हुँदै आफ्नो भनाइ फेसबुक स्टाट्समा लेखेका छन् । सामाजिक सञ्जालमा उनले आक्रका्ेस हुदैं यस्तो लेखेको हो ।

लामिछाने आए
हतकडी नलगाई
अदालतमा हलाउदै हात

चौधरी र शेर्पा ल्याए अदालतमा
४ धार्नी हतकडी सहित
हिर्काउदै पुलिसले पछाडीबाट लात

जनजातिलाई लाग्छ सबै खाले ऐन
गैर जनजातिलाई जताततै छ चैन
नश्लवादी राज्य नेपालमा

चौधरीलाई राखे बर्ष्दिन बढी
शेर्पालाई राखे १७ दिन जेल
५ दिनमा लामिछाने छुटाउन
सडकमा प्रदर्शन हुदैछ अनौठो खेल

अभियोग लागेको लामिछानेलाई
छानविन नगरी कसरी रिहा गर्ने हो
हत्या अभियोगमा जेल परेका ढुङगेल
पनि कसरी जेल मुक्त भो

ज्ञानेको भालेहरू चितवनमा करायो
आदिवासी मधेसीको ईन्साफ हरायो

राण विरूद्ध लडेका टंकप्रसाद आचर्यलाई
बाहुन मारे पाप हुन्छ भनी मृत्यु दण्ड दिएन
धर्मभक्त माथेमा र आदिवासी शहिदहरूलाई
गिराफ्तार गरे कै दिनमा रूखमा झुण्डाएर मारे
१ दिन पनि जीवन बाँच्न दिएन

न्यायालय प्रयोग गरेर
हाम्रा अधिकार दिनदिनै खोस्दैछ
कमल थापाको आन्दोलनमा पानीको फोहरा मात्रा हान्ने प्रहरीले
आदिवासी मधेसीको आन्दोलनमा
तातो गोलि ठोक्दै छ

४ अर्ब भ्रष्टाचार अभियोग लागेको
स्व रविन्द्र अधिकारलाई
कारबाही नगरी स्वर्गबास भो
हडीविनाको जिब्रो लटपटिन्दा
तामाङको मन्त्री पद नै चट भो

भुटानी शरणार्थी भए पनि
टेकनाथ रिजाललाई
भि आई पी भनेर
एरपोर्टमा सरासर जान आउन दिईन्छ
नेपालका आदिवासी मधेसीको पासपोर्ट नक्कली भन्दै औलाले कोट्टाएर हेरिन्छ

बुझ्नेलाई यो कुरा गहिरोछ
नबुझ्नेका लागि घर छेउमा
नश्लवादी राज्यले खनेर राखेको
पहिरोछ


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961