आत्मघाती आक्रमणमा ६३ जनाको मृत्यु

काठमाडौं भदौ १ / अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहमा भएको आत्मघाती बम विस्फोटमा कम्तिमा ६३ जनाको मृत्यु भएको छ। शनिबार राति भएको आत्मघाति विष्फोटमा परी १ सय ८० भन्दा बढी घाइते भएका छन्।

बिबिसीका अनुसार विवाह समारोहमा भेला भएका व्यक्तिहरुको बीचमा एक आत्मघाती आक्रमणकारी घुसेर बिस्फोट गराएका थिए। विस्फोटपछि गृह मन्त्रालयका प्रवक्ता नुसरत रहीमीले सञ्चारमाध्यमहरुसँग कुरा गर्दै विस्फोटको घटनाबारे विवरणहरु संकलन गरिरहेको बताएका छन्।

उनका अनुसार बिबाह समारोह भइरहेको क्षेत्र काबुलको पश्चिमतर्फको ठाउँ हो जहाँ अल्पसंख्यक हजारा समुदायका व्यक्तिहरुको बसोबास रहेको छ। यो आक्रमणपछि अफगानिस्तानको राजधानी काबुलमा पछिल्ला केही दिनयता भइरहेको शान्ति वार्ताको प्रयास विथोलिएको अधिकारीहरुले जनाएका छन्। दश दिनअघि पनि तालिबानी विद्रोहीले गराएको एक आत्मघाती विस्फोटमा १४ सुरक्षाकर्मी मारिएका थिए।
बिबिसी


प्रतिक्रिया दिनुहोस्