सरकारले यहीं गतिमा काम गरे अर्को पटक आफूहरुले सरकार बनाउने : मिनेन्द्र रिाजल

काठमाडौं भदौ १ / नेपाली कांग्रेसका सांसद डा मिनेन्द्र रिाजलले सरकारले यही गतिमा काम गरिरहे अर्को पटक आफूहरुले सरकार बनाउने बताएका छन्। प्रतिनिधिसभाको आइतवार बसेको बैठकको शून्य समयमा बोल्दै रिजालले जनताले लडेर सरकार बनाइदिएकाले धेरै अहमता नदेखाउन पनि आग्रह गरेका छन्।

रिजालले बिरामी रहेको सुनेर चिन्ता लागेका बेला प्रधानमन्त्री स्वास्थ्य देखेर म प्रसन्न भएको उल्लेख समेत गरे। कयौँ पटक लडेका मानिसहरुले बनाएको सरकार हो रिजालले भने एक पटकको लडाइँले जीवनभरी जे पनि गर्ने लाइसेन्स दिँदैन।

यस्तो काम देखेपछि त अर्को पटक कांग्रेसबाहेक कसको सरकार बन्छ प्रधानमन्त्रीले आफूले यही पटक मात्रै सरकारको नेतृत्वको गर्ने बताएपछि रिजालले सरकारभित्रकै कोही तरंगित नहोस भन्दै कटाक्ष गरे । एक वर्षमै पानी जहाज र रेल भन्नेको घाँटी सुकेको छ।

प्रधानमन्त्रीले आर्थिक वृद्धिको टिप्पणी सुन्दा अर्थमन्त्रीको चिन्ता लाग्यो उनले भने जनताले प्रधानमन्त्रीसँग गरेको कार्यसम्पदान करार खोई बजेट कार्यसम्पादन करार संसद र सरकारको पुरा गर्न सक्नु भएन। जनतासँग तपाईँले गरेको करार पूरा गरेको खोई


प्रतिक्रिया दिनुहोस्