शिल्पालाई तत्काल पक्राउ नगर्नू सर्वोच्च अदालतको आदेश

काठमाडौं भदौ १ / अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबराको एकल इजलासले शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको हो। सर्वोच्च अदालत स्रोतका अनुसार दुवै पक्षलाई भदौ १५ गते थप छलफलका लागि बोलाएको छ।

फाईल तस्विर

शिल्पा पोखरेल र छवी ओझविरुद्ध अदालतमा बहुविवाहसम्बन्धी मुद्दा परेको थियो। जहाँबाट पक्राउ गर्नू भनेर पक्राउ पुर्जी जारी भएको थियो शिल्पाले उच्च अदालतमा जाँदा पनि जिल्ला अदालतकै आदेश सदर भएपछि उनी आइतबार सर्वोच्च अदालत पुगेकी थिइन्। फरार रहँदै आएकी शिल्पा सर्वोच्च अदालतमा आइतबार हाजिर भएकी थिइन्।


प्रतिक्रिया दिनुहोस्