धोनीले पूरा गरे १५ दिनको सैनिक अभ्यास

भारतीय टिमका पूर्वकप्तान तथा लेफ्टिनेन्ट कर्नेल महेन्द्र सिंह धोनीले जम्मू–कश्मीरमा १५ दिनको सैनिक अभ्यास तालिम पूरा गरेका छन्। सैन्य अभ्यास पूरा गरेर उनी आइतबार दिल्ली फर्किएका छन्। धोनीले ३० जुलाईबाट प्रादेशीक सेनाको १०६ टीए बटालियनका साथमा अभ्यास सुरु गरेका थिए।

करीब दुई साता उनले बटालियनका साथमा अभ्यासको भाग लिए । उनी कश्मीरमा रहँदा विभिन्न क्षेत्रमा खट्एिका थिए। धोनीले जवानका साथमा पेट्रोलिङसमेत गरेका थिए। उनी अन्नतनागसम्म पनि पुगेका थिए। धोनीले विश्वकपलगत्तै सैनिक तालिमको अपेक्षा गरेका थिए।

उनले वेस्टइंडिज भ्रमणमा आफूलाई सहभागि गराएका थिएनन्। सैनिक तालिमका दौरान धोनी लद्दाखको अस्पतालको भ्रमण पनि गरेका थिए। त्यहाँ उनले विरामी र स्थानीयसँग भलाकुसारीसमेत गरे। स्वतन्त्रता दिवसको अवसरमा उनी लद्दाखमा थिए। ५ अगस्टमा भारत सरकाले जम्मू–कस्मीरको विशेषाधिकारका रूपमा रहेको धारा ३७० तथा ३५ ए हटाएको थियो।

त्यसपछि जम्मु कस्मीर र लदाख केन्द्र शासित प्रदेशका रूपमा रहे। त्यसपछि विशेष परिस्थितिमा पनि धोनी केही समय जम्मुमा कार्यरत रहे। ३८ वर्षीय धोनीले क्रिकेटबाट दुई महिनाको विश्राम लिएका छन्। उनले अभ्यास दौरान समय निकालेर बच्चासँग क्रिकेट खेलेका थिए। एजेन्सि


प्रतिक्रिया दिनुहोस्