चट्याङ लागेर एक जना वृद्धाको मृत्यु

धादिङ भदौ २ / धादिङको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका– ३ पोखरा साँधनमा चट्याङ लागेर एक जना वृद्धाको मृत्यु भएको छ । ।पोखरा गाउँ निवासी ६० वर्षीया धनकुमारी गुरुङको साँधनको जङ्गलमा ज्यान गएको गंगाजमुना गाउँपालिकाका स्वास्थ्य संयोजक लिपक अधिकारीले जानकारी दिएका छन् ।

गोठालो गएकी गुरुङ गाईवस्तुसहित घर फर्कन लाग्दा चट्याङ परेको थियो । चट्याङ लागेर गुरुङको घटनास्थलमा नै ज्यान गएको हो । गाईवस्तुलाई भने केही नभएको अधिकारीले बताए ।


प्रतिक्रिया दिनुहोस्