मुख्यमन्त्रीका छोराले गरे आत्महत्या

नयाँदिल्ली भदौं २ / झारखण्डका मुख्यमन्त्री रघुवर दासको विधानसभा क्षेत्रमा बिजेपीका बारीडीह मण्डलका आईटी सह–संयोजक कुमार विश्वजीतका छोराले आत्महत्या गरेका छन् ।

२६ वर्षका कुमार आशीष ‘टाटा मोटर्स’ को जबवर्क गर्ने कम्पनी ‘अटोमैटिक एक्सेल’ मा काम गरिरहेका थिए । आफ्नो मृत्युको एक घण्टा पहिले उनी श्रीमतीसँग भेट्न उनको कलेज गएका थिए । यसका साथै उनले आफ्ना साथीहरुसँग पनि समय बिताएका थिए । त्यसपछि घर फर्केका उनले पंखामा झुण्डिएर आत्महत्या गरे । उनलाई चिन्ता थियो कि अटो सेक्टरमा आएको मन्दीका कारण उनको जागिर छुट्ने पो हो कि रु

तर उनले आफू तनावमा रहेकोबारे श्रीमती र साथीहरुलाई कुनै छनक ९संकेत० दिएका थिएनन् । उनले कुनै सुसाइड नोट पनि छोडेका छैनन् । प्रहरीले उनको आत्महत्याको कारण खोजी गरिरहेको जनाएको छ ।

‘अहिलेसम्मको अनुसन्धानका क्रममा उनमा जब इनसिक्योरिटी ९जागिरलाई लिएर असुरक्षाको भावना० पनि थियो । तर हामीलाई आत्महत्याको मुल कारण पत्ता लगाउन केही समय लाग्ने छ’, जमशेदपुरका एसपी सुभाषचन्द्र जाटले बिबिसीसँग भनेका छन् ।

आशीषका बुवा कुमार विश्वजीत बिजेपी नेता हुनुका साथै टाटा स्टीलका लागि कन्ट्रेक्टमा काम गर्थे । उनले भनेका छन कि उनको कम्पनी ९टिस्को० मा पनि ट्रेनिङपछि टेस्ट लिने गरिन्छ ।

‘ट्रेनिङ को प्रक्रिया पूरा गर्न सक्नु केही कठिन छ । कर्मचारीहरुलाई डर छ कि यदि टेस्टमा फेल भएमा अर्को दिन उनीहरुको गेट पास बन्छ या बन्दैन । यस्तोमा उनीहरुलाई आफ्नो जागिरप्रति चिन्ता छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961