सेफिल्ड युनाइटेडको पहिलो जीत

काठमाडौं भदौ २ / इङ्गलिस प्रिमियर लिग फुटबलमा सेफिल्ड युनाइटेडले पहिलो जित हात पारेको छ । यसै सिजनमा प्रिमियर डिभिजनमा बढुवा भएको सेफिल्डले गए राति क्रिष्टल प्यालेसलाई १–० ले हराउँदै पहिलो जित दर्ता गरेको हो । प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले लेस्टर सिटीसँग एक–एक गोलको बराबरी खेलेको छ ।

सिजनको पहिलो खेलमा गत साता म्यान्चेस्टर युनाइटेडसँग ४–० ले हारेको चेल्सी गए राति लेष्टरसँग बराबरीमा रोकिएको हो ।खेलमा चेल्सीका युवा खेलाडी मेसन माउन्टले पहिलो गोल गरे । तर दोस्रो हाफमा लेष्टरका विल्फ्रेड एन्डिडीले गोल फर्काउदै खेल बराबरी गरेका हुन् ।

आफ्नै मैदान स्टामफोर्ड ब्रिजमा नयाँ प्रशिक्षक फ्राङ्क लाम्पार्डको प्रशिक्षणमा पहिलो खेल खेलेको चेल्सीले जित हात पार्न सकेन । इङ्गलिस प्रिमियर लिग फुटबलमा आज म्यान्चेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्ससँग खेल्ने छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्