पुडासैनी मृत्यु प्रकरणको चितवनमा सर्वदलीय वैठकले गर्‍यो ३ बुंदे सहमति

चितवन भदौ २ / पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका न्यूज २४ का प्रस्तोता रवि लामिछानेसहित तीन जनामाथि अहिले अनुसन्धान चलिरहेको छ ।पक्राउपछि पाँच दिन थुना आदेश भएका उनीहरु तीन जनालाई तत्काल रिहा गरिनु पर्ने माग गर्दै दिनहुँजसो प्रदर्शन भइरहेका छन् । यस्तै दिनहुँ भइरहेका प्रदर्शनले चितवन तनावग्रस्त बन्दै आएको छ ।

चितवनमा पछिल्लो समय भएको दैनिक प्रदर्शनलाई मध्यनजर गर्दै शान्ति सुरक्षा प्रभावकारी बनाउन सर्वदलीय सहमति जुटेको हो ।जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सर्वदलीय बैठकले सर्वसाधारणको दैनिकी प्रभावित हुन नदिन स्थानीय प्रशासन, राजनीतिक दल, नागरिक समाज र सञ्चारकर्मीको समेत उपस्थितिमा शान्ति सुरक्षा प्रभावकारी बनाउनेसहितका तीन वटा महत्वपूर्ण निर्णय गरेको हो ।

न्यायीक हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलगायत अन्य दुई जनाको विषयमा छानविनका लागि सहयोग पुर्‍याउन सहयोग गर्ने र जनताको दैनिक जीवनमा कुनै पनि किसिमको खलबल पुग्ने काम हुन नदिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिएका छन् ।

उनले स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको भन्ने समाचारमा सत्यता नभएको दावी समेत गरेका छन् । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणबारे अनुसन्धान गर्न रवि लामिछानेलगायतलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनको पक्ष र विपक्षमा केही दिनदेखि चितवनमा प्रदर्शन हुँदै आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले पनि निषेधित क्षेत्र घोषणा नगरिएको बताए । ‘त्यस्तो केही घोषणा गरिएको छैन । शान्ति सुरक्षा कायम गर्न प्रहरी तैनाथ छ । अहिले चितवन शान्त छ ।’

पत्रकार पुडासैनी २० साउनमा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । घटनाको जिल्ला प्रहरी कार्यालय, चितवनसँगै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) ले अनुसन्धान गरिरहेको छ भने लामिछानेसहितका तीन जनामाथि जिल्ला प्रहरी कार्यालय चितवनले साउन ३१ गते अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961