पूर्वमन्त्री अदालत आएनन्, ब्युरो भन्छ अब पक्रेर ल्याउँछौं

काठमाडौं भदौ २ / बैंकिङ कसूर गरेको अभियोग लागेका कर्णाली प्रदेशका पूर्वमन्त्री खड्गबहादुर खत्री उपस्थित गराउन प्रहरीलाई दिइएको म्याद नाघी सकेको छ।उच्च अदालत पाटनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई भदौ १ गतेसम्म खत्रीलाई अदालतमा उपस्थित गराउन आदेश दिएकका थियो।

उच्च अदालतका अनुसार प्रहरीलाई दिइएको म्याद आइतबार सकिएको छ। ‘प्रहरीलाई दिइएको आदेशको म्याद आइतबारनै सकिएको छ, आदेशको जानकारी प्रहरी प्रधान कार्यालयमा पनि पठाइएको थियो,’ उच्च अदालत पाटनका प्रवक्ता मोहन सुवेदीले भने, ‘प्रहरीले किन अदालतले दिएको समयमा उपस्थित गराएन, यसबारे बेञ्चले पक्कै सोध्ला।’

फर्जी बैंक ग्यारेन्टीमा जमानी बसेका कर्णाली प्रदेशका तत्कालीन भौतिक पूर्वाधार मन्त्री तीन दिनभित्र उपस्थित गराउन उच्च अदालत पाटनले गत मंगलबार आदेश दिएका थिए।

खत्री ठेकेदार हुन्। खत्रीको केएसके नामक कन्स्ट्रक्सन कम्पनी सुर्खेतमा छ। ५५(५५ लाख रुपैयाँका दुई वटा ठेक्काको बैंक ग्यारेन्टी फर्जी बनाउँदा उनी साक्षी बसेका थिए र प्रहरीले उनको बयान पनि संलग्न राखेको थियो।

उक्त मुद्दाको अनुसन्धान गरिरहेको निकाय केन्द्रीय अनुसन्धान ब्युरोले भने खत्रीलाई उपस्थित गराउन प्रदेश सरकारलाई चिठी लेखेको बतायो।

‘हामीलाई उपस्थित गराउनू भन्ने आदेश आएको हो। तोकिएको समयमा उपस्थित गराउन खोजिएको पनि हो,ब्युरो स्रोतले भन्यो, ‘उपस्थित नभए पक्राउ गरेर भए पनि ल्याउँछौं।’


प्रतिक्रिया दिनुहोस्