पत्रकार पुडासैनीले डोरी किनेको पसल भेटियो,

चितवन, भदौ २ / नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेको दुई सातापछि आत्महत्याअघि डोरी किनेको पसल फेला परेको छ ।घटना अनुसन्धानका क्रममा नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलबाट पुडासैनीले डोरी किनेको पाइएको चितवन प्रहरीले जानकारी दिए।

होलसेल पसल नजिकै रहेको एक पसलको सीसीटीभी फुटेज हेर्दा पुडासैनीले ५ मिटर डोरी किनेर लगेको देखिएको छ । सीसीटीभीको ‘हार्डडिस्क’ नै लिएर परीक्षणको लागि प्रहरी हेडक्वार्टर पठाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले आइतबार साँझ हार्डडिस्क लगेर प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिए । पुडासैनीको मृत्युका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

पुडासैनी मृत्यु प्रकरणमा तानिएका न्यूज २४ का प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीमाथि अनुसन्धान चलिरहेको छ । आत्महत्याअघि पत्रकार पुडासैनीले लामिछानेसहित तीन जनाका कारण आफू आत्महत्या गर्न वाध्य भएको भन्दै भिडियो खिचेका कारण उनीहरु यस घटनामा तानिएको हो ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961