सिंहदरबारभित्रै कर्मचारीले गरे आत्महत्या

काठमाडौं भदौ ३ / राष्ट्रिय योजना आयोगका एकजना कर्मचारीले सिंहदरबार भित्रै आत्महत्या गरेका छन्। कार्यालय समय सकिएर सोमबार राति ८ बजेको समयमा सिंहदरबार छिरेका नायव सुब्बा बच्चु केसी राष्ट्रिय योजना आयोगको कार्यालयको सानो अनुगमन हलमा मृत भेटिएका हुन् ।

प्रहरीका अनुसार सोमबारै राति विष पिएर उनले आत्महत्या गरेको प्रारम्भीक अनुमान गरेका छन् । बेलुकै विष पिएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सिंहदरबार क्षेत्रमा जडान गरिएको सिसीटिभी क्यामेरामा उनी सोमबार राति साधरण पोशाकमा सिंहदरबार छिरेको खुलेको छ।

प्रहरीले अहिले उनको शव भएको स्थानमा मुचुल्का उठाइरहेको छ। केसी मृत भेटिएपछि उनको परिवारलाई झिकाइएको योजना आयोगका एक अधिकारीले जानकारी दिएका छन् । तर उनले आत्महत्या गर्नुको कारणबारे केही पनि खुलेको छैन। घटनाको जानकारीपछि प्रहरी पुगेर अनुसन्धान भइरहेको महानगरीय प्रहरी प्रवक्ता एसएसपी श्याम ज्ञवालीले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्