सिंहदरबार नासु आत्महत्या: सुसाइट नोट भेटियो,

काठमाडौं,भदौ ३ / सिंहदरबार परिसरमा मृत्त भेटिएका नायव सुब्बाको साथमा ‘सुसाइट नोट’ फेला परेको छ । राष्ट्रिय योजना आयोगका नायब सुब्बा बच्चु केसी कार्यालयमै मृत भेटिएका थिए । उनको सुसाइड नोट प्रहरीले भेट्टाएको छ । आत्महत्या गरेका उनको शव नजिकै विषादीको खोल समेत फेला परेको छ ।

अपराधस्थलमा खटिएका एक अधिकृतका अनुसार उनको सुसाइट नोटमा श्रीमतीको नाम लिएर ‘थोरै अंश पाइयो भनेर चिन्ता नगर्नू’ भन्ने लेखेका छन् । आफूले ‘कसैका कारण आत्महत्या गरेको होइन । पत्रकार वा अन्यले अर्को अर्थ नलगाउन्’ भन्ने समेत नोटमा लेखिएको जनाइएको छ ।
घटनास्थलमा पुगेका सिन अफ क्राइम ९सोको० अफिसरले केसीको सुसाइड नोट संकलन गरेका छन् ।

यसलाई परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइने जनाइएको छ । उनको शव भेटिएको ठाउँ नजिकै धान, गहुँको बालीमा प्रयोग गरिने एक किसिमको किटनाशक औषधिको खोल भेटिएको छ ।

औषधिसँगै केराको बोक्रा पनि भेटिएकाले उनले केरामा मिसाएर विष सेवन गरेको आशंका गरिएको छ । मृतक केसी कीर्तिपुर नगरपालिका टौदहका हुन् । उनको मृत्युबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्