ओली,प्रचण्ड, र देउवालाई ‘काट्छु’भन्दै फेसबुकमार्फत खुकुरी देखाउने पक्राउ

काठमाडौं भदौ ३ / प्रहरीले खुकुरी देखाएर प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर देउवालाई काट्छु भन्ने एक युवकलाई प्रहरीले पक्राउ गरेका छन् । उनी बाराका सागर क्षेत्री रहेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेताहरुलाई गाली गरेको आरोपमा क्षेत्रीलाई बाराबाट पक्राउ गरेको हो

प्रधानमन्त्री ओली, प्रचण्ड र देउवालाई अपशब्द बोल्दै भिडियोमार्फत खुकुरी देखाउँदै काट्छु भनेका सागरलाई पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिनु भयो । पक्राउ परेका क्षत्रीलाई अहिलेकाठमाडौं ल्याइँदै छ ।

एसएसपी थापाका अनुसार नुवाकोटका पत्रकार शालिकराम पुडासैनी हत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई समर्थन गर्दै नेतालाई अपशब्द बोलेपछि क्षत्रीलाई पक्राउ गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्