केपी ओलीले एउटा पद छाड्नुपर्ने: माधवकुमार नेपाल

काठमाडौं भदौ ३ / नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा सात बुँदे नोट अफ डिसेन्टु दर्ता गराएका छन् । सचिवालय सदस्यसमेत रहेका नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नपर्ने अडान राखेका छन्।

फाईल तस्विर

वरिष्ठता एवम् योग्यतालाई वेबास्ता गर्दै बिनाकुनै मापदण्ड कसैलाई जिम्मेवारीमाथि जिम्मेवारीको खातैखात, कसैलाई जिम्मेवारीविहीन बनाएर अपमानित गर्ने कुरालाई न्यायोचित मान्न सकिन्‍नु, उनले भनेका छन्, एक ब्यक्ति एक प्रमुख जिम्मेवारीको बैधानिक ब्यवस्थालाई पार्टी अध्यक्षद्वयदेखि सबै ब्यक्तिमा लागु गरियोस् ।

सचिवालय बैठकका पछिल्ला निर्णयप्रति असन्तुष्ट, नेता नेपालले नोट अफ डिसेन्ट दर्ता गरेपछि नेकपा भित्र नयाँ बहस सुरु भएको छ। नेता नेपालले पार्टीका निर्णय एकपक्षीयरुपमा जबरजस्ती गरिएको भन्दै फरक मत राखेका हुन्।

नेता नेपालले वरीयामा भन्दा संगठनमा भएका नियुक्तिलाई लिएर यसअघिको बैठकमा पनि ‘नोट अफ डिसेन्ट’ राखेका थिए। नेता नेपालले अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र भीम रावललाई सचिवालयमा राख्नुनपर्ने अडान राखेका थिए। नेता नेपालले पछिल्लो समय अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संगठनमा एकलौटी निर्णय गरेको भन्दै तीव्र असहमति जनाएको छ।


प्रतिक्रिया दिनुहोस्