जम्मू-कश्मीर विवादलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने पाकिस्तानको निर्णय

जम्मू–कश्मीर विवादलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने पाकिस्तानले बताएका छन् । पाकिस्तानका विदेश मन्त्री शाह मेहमूद कुरेसीले एक टेलिभजनकोसँगको अन्तर्वार्तामा भनेका छन्, ‘हामीले कश्मीर सम्बन्धी मुद्दा अन्तर्राष्ट्रिय न्याय अदालतमा लैजाने निर्णय गरेका छौँ। यो निर्णय सबै कानुनी पक्षको विश्लेषण गरेर लिइएको हो।’

भारतले संविधानमा रहेको धारा ३७० खारेज गर्दै जम्मू–कश्मीरले पाउँदै आएको विशेष राज्यको दर्जा र स्वायत्तता खोसेपछि पाकिस्तान विरोधमा छ। पाकिस्तानले यो विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाएको छ। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको ढोका ढकढक्याएको पाकिस्तानले अब यो विषयलाई अन्तर्राष्ट्रिय न्याय अदालतमा लैजाने जानकारी गराएको हो हो।

भारतको कश्मीरमाथिको निर्णयपछि पाकिस्तानले भारतसँगको व्यापार सम्बन्ध तोडेको छ। रेलसेवा समेत टुटाएको छ भने भारतीय राजदूतलाई फिर्ता पठाएको छ। कश्मीरका पूर्ण भागमा दुवै देशको दाबी रहँदै आएको छ तर विभाजित भागमा मात्रै उनीहरुको शासन रहेको छ।

कश्मीरको विषयलाई लिएर भारत र पाकिस्तानबिच लामो समयदेखि विवाद छ। यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरी कश्मीर मुद्दा भारत र पाकिस्तानको द्विपक्षीय विषय रहेको बताएका छन्। एजेन्सि


प्रतिक्रिया दिनुहोस्