डलर खाएर रवि लामिछानेको पक्षमा आन्दोलन,सांसद : खेमकुमार विक

काठमाडौं भदौ ४ / पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेको पक्षमा गणतन्त्र र व्यवस्थाविरोधीहरुले आन्दोलन गरिरहेको दाबी एकजना सांसदले गरेको छ । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद खेमकुमार विकले रविको पक्षमा भइरहेको जुलुस र प्रदर्शनका नाममा देशमा हिंसा भड्काउन खोजिएको आरोप समेत लगाएको छ।

‘रवि लामिछानेसँग सम्बन्धित जुलुस, धर्ना देशका केही ठाउँमा भइरहेको छ। जसमार्फत् हिंसा भड्काउने कोशिश हुँदैछ’, उनले भने, ‘हिजै ९मंगलबार० पनि काठमाडौँको माइतीघरबाट निस्केको जुलुसमा शंकास्पद पदार्थ ९पेट्रोलरु० भरिएका वियरका बोत्तल बोकेर हिँडेको देखेँ।

त्यसपछि मैले तत्कालै प्रहरीका कमाण्डरलाई खबर गरेँ। त्यसपछि सम्भावित हिंसात्मक घटना टर्यो।’ राज्यले कानुनको सहायताले सबै नागरिकलाई छानबिन गर्न पाउने तर्क उनले गरे। ‘जिउ धनको सुरक्षा गर्ने काम पनि राज्यको हो’, उनले भने, ‘राज्यले जोसुकै नागरिकलाई पनि कानुन अनुसार नियन्त्रणमा लिएर अनुसन्धान गर्न पाउँछ।

यसमा किन विरोधरु के का लागि विरोधरु’ अहिले कुनै न कुनै नाममा मान्छेले आत्महत्या गरिरहेको बताउँदै सरकारले अनुसन्धान गर्दा विरोध जुलुस निकालिनु बेठीक हुने उनले बताएका छन्। सरकाले कानुन कार्यान्वयन गर्दा त्यसको नाममा कम्युनिष्टको विरोध गर्दै वर्तमान प्रधानमन्त्रीको पुत्ला दहनसम्म भयो’ विकले भने, ‘रविको पक्षमा भइरहेको यो आन्दोलनका पछाडि कुन शक्ति छरु यो आन्दोलन डलर खाएर भइरहेको छ। सरकारको ध्यान यसमा जानुपर्छ, यसको छानबिन हुनुपर्छ।

माउन्टेन टेलिभिजनका पत्रकार पुडासैनी यही साउन २० गते चितवनको नारायणगढस्थित होटल कङ्गारुको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । घटना हुनुअघि उनले पक्राउ परेका तीन जनाको नाम लिएर आफूलाई यो अवस्थामा पुर्‍याउन बाध्य बनाएको भन्दै रेकर्ड गरिएको भिडियो फेला परेको थियो ।

जिल्ला अदालत चितवनबाट म्याद थप गरेर उनीहरूमाथि अनुसन्धान गरिरहेका छन्। गएको साउन २० गत्ते चितवनको भरतपुर महानगरपालिका १ नारायणगढस्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुमा पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला परेको थियो।


प्रतिक्रिया दिनुहोस्