सामाजिक संजाल फेसबुकमा गालि गलौज गर्ने एक जना पक्राउ

काठमाडौं, भदौ ४ / सामाजिक संजाल फेसबुकको दुरुपयोग गरी विभिन्न भिआइपी तथा प्रतिष्ठित व्यक्तिहरुलाई गालि गलौज गर्ने कार्यमा संलग्न बारा जीतपुर सिमरा उपमहानगरपालिका-१ बस्ने २५ वर्षीय सागर मैनालीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

विभिन्न भिआइपी तथा प्रतिष्ठित व्यक्तिहरुलाई नाङ्गो खुकुरी देखाई अमर्यादित शब्दहरु प्रयोग गरी गाली ग्लौज गरेको भिडियो फेसबुकमा पोष्ट गरी ईज्जत, मान प्रतिष्ठा समेतमा आँच पुर्‍याउने कार्यमा संलग्न रहेका मैनालीलाई महानगरीय अपराध महाशाखा टेकुको समन्वयमा ईलाका प्रहरी कार्यालय सिमराको सहयोगमा पक्राउ गरिएको हो ।

पक्राउ मैनालीलाई बिद्युतिय कारोवार ऐन अन्तर्गत आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं ल्याएको महाशाखाले जनाएको


प्रतिक्रिया दिनुहोस्