निकिता पौडेलले दिइन् प्रहरी र पत्रकारविरुद्ध उजुरी

काठमाडौं भदौ ४ / शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा प्रहरीको हिरासतमा रहेका रवि लामिछानेकी श्रीमती निकिता पौडलले चितवन प्रहरी प्रमुखसहित महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिइकी छिन्।

फाईल तस्विर

प्रहरी अनुसन्धानमा रहेको पत्रकार पुडासैनीको भिडियो किर्ते गरेको भन्दै निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपालआज न्युज पोर्टलका सम्पादक संकेत कोइरालाविरुद्ध उजुरी दिएकी हुन्।

उनले मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र ७७ अनुसार जाहेरी दिएकी हुन्। उनीले दायर गरिएको उजुरीमा विद्युतीय प्रमाण किर्तेबारे छानबिन गरी दोषीमाथि कारवाही गर्न माग गरिएको छ।

साउन २० गते चितवनको कंगारू होटलको कोठामा झण्डिएको अवस्थामा भेटिएका पत्रकार पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियो बाहिरिएपछि न्युज २४ का कार्यक्रम संचालक रवि लामिछानेसहित तीनजना पक्राउ परेका थिए।

भिडियोमा पुडासैनीले रविसहित, पत्रकार युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीको नाम लिएका थिए। प्रहरीले उनीहरूमाथि आत्महत्याका लागि दुरुत्सहान गरेको आरोपमा अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्