रवि पत्नी निकिता पौडेलको उजुरी प्रहरीद्धारा अस्वीकार

काठमाडौं भदौ ४ / पत्रकार रवि लामिछानेकी पत्नी निकिता पौडेलले दिएको उजुरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेका छन् । बुधबार दिउँसो पत्रकारहरु किशोर श्रेष्ठ, संकेत कोइराला र जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लविरुद्ध निकिता महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेकी थिइन्।

कीर्ते गरेर पत्रकार शालिकराम पुडासैनीको भिडियो सार्वजनिक गरेको भन्दै निकिता तीनजनाविरुद्ध उजुरी गर्न पुगेपछि निराश हुनु परेको हो। महानगरीय प्रहरी परिसर काडमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले आफ्नो कार्यक्षेत्र बाहिरको भएकाले उजुरी दर्ता नगरिएको बताएका छन् ।

‘त्यो हाम्रो कार्यक्षेत्रभित्र परेन, त्यही भएर उजुरी दर्ता नगरिएको हो’, सुवेदीले भने, ‘फेरि त्यो आत्महत्या प्रकरणमा त प्रहरीले अनुसन्धान गरिरहेको छ।’ निकिता र रविका दाजु हरिशरण लामिछाने ३ जनाविरुद्ध किटानी जाहेरी दिन वकिलसहित पुगेका थिए

। उनीहरुले मुलुकी फौजदारी सहिंता २०७४ को दफा २७६ र २७७ मुलुकी अपराधसहिंता र सरकारी विद्युतीय अभिलेख किर्ते सम्बन्धी कानूनी व्यवस्थामा अनुसार किटानी जाहेरी दिएका थिए।

प्रहरीले अस्वीकार गरेपछि निकिता, हरिशरण र अधिवक्ता राजेन्द्र सेढाई बबरमहलस्थित जिल्ला सरकारी वकिलको कार्यालय पुगेका छन्। साउन २० गते चितवनको कंगारू होटलको कोठामा झण्डिएको अवस्थामा भेटिएका पत्रकार पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियो बाहिरिएपछि न्युज २४ का कार्यक्रम संचालक रवि लामिछानेसहित तीनजना पक्राउ परेका थिए।

भिडियोमा पुडासैनीले रविसहित, पत्रकार युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीको नाम लिएका थिए। प्रहरीले उनीहरूमाथि आत्महत्याका लागि दुरुत्सहान गरेको आरोपमा अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961