करेन्ट लागेर एक मजदुरको ज्यान गयो

काठमाडौं भदौ ४ / म्याग्दीको बेनीसँगै सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ३ पारीबेनीमा बुधबार दिउँसो करेन्ट लागेर एकजना मजदुरको ज्यान गएको छ । केन्द्रीय प्रशारण लाइनको तारमा छोइएर करेन्ट लाग्दा म्याग्दीको धवलागिरी गाउँपालिका ३ का २२ वर्षीय कुमार सुनारको मृत्यु भएको पारीबेनी प्रहरी चौकीले जानकारी दिएका छन् ।

चौकीका प्रहरी सहायक निरीक्षक ध्रुवबहादुर बोहोराले घर निर्माणका क्रममा फलामको पोल ठडाउने क्रममा हाइटेन्सन लाइनमा छुन पुग्दा करेन्ट लागेको जानकारी दिए। घटनास्थलबाट बेनी अस्पताल पुर्‍याउँदा सुनारलाई चिकित्सकले मृत घोषणा गरेका थिए। अहिले सुनारको शव बेनी अस्प्तालमा राखिएको छ।


प्रतिक्रिया दिनुहोस्