नेपाल भारतसँग पराजित

काठमाडौं भदौ ४ / भारतको कल्याणीमा बुधबारदेखि शुरु भएको पाँचौं साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपाल आयोजक भारतसँग ५–० गोलले पराजित भएको छ ।भारतको कल्याणी रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफमै तीन गोल खाएका थियो ।

निकै कमजोर देखिएको नेपालले दोस्रो हाफमा पनि दुई गोल खाएको थियो । भारतको जितमा महेसनले दुई गोल गरे भनेअनिश मजुमदार, टाईसन सिंह र सिद्धार्थले एक एक गोल गरेका थिए ।

नेपालले समूहको दोस्रो खेल सुक्रबार श्रीलंकासँग खेल्नेछ । नेपालले बंगलादेशसँग मंगलबार र अन्तिम खेल बिहिबार भुटानसँग खेल्नेछ ।

नेपाल प्रतियोगिताको साविक विजेता हो । पाँच टोली सहभागि यस प्रतियोगितामा लिग चरणका शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया दिनुहोस्