मेस्सी खेलमा फर्किएपछि बार्सिलोनालाई राहत

साविक विजेता बार्सिलोनाले स्पेनिस लालिगाको पहिलो खेलमै एथ्लेटिक बिल्बाओसँग हार खेप्यो । उक्त खेलमा कप्तान लियोनल मेस्सी बार्सिलोनालाई खड्कीएका थिए । चोटका कारण फिजियो थेपारी गराएर आराम गरिरहेका मेस्सी बुधबारदेखि टोलीको अभ्यासमा फर्किएको छ ।

मेस्सी प्रशिक्षणमा फर्किएपछि बार्सिलोनाले राहत महशुस गरेका छन् । मेस्सी लालिगाकै तयारीको क्रममा एक साता अघि घाइते भएका थिए ।मेस्सी विना पहिलो खेलमा बार्सिलोना बिल्बाओसँग १–० गोलले पराजित भएका थिए । लिगको अर्को खेलमा मेस्सी मैदानमा उत्रने बताईएको छ । बार्सिलोनाले लिगको दोस्रो खेलमा आइतबार रियल मेटिससँग घरेलु मैदानमा खेल्नेछ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्