गोंगबुको होटलमा युवा-युवती मृत फेला

काठमाडौं, भदौ ५ / टोखा नगरपालिका–९ गोंगबु मोरङ, पर्वत, धौलागिरी, पोखरा होटल एण्ड लजमा युवा युवती मृत अवस्थामा फेला परेका छन् ।होटलको १११ नम्बर कोठामा मङ्गलबार राति होटलमा बस्न आएका चितवन चैनपुरका ३७ वर्षीय यामबहादुर मगर र काभ्रेपलाञ्चोक पनौतीका २८ वर्षीया सविना तामाङ बजगाईं बुधबार दिउँसो मृत अवस्थामा फेला परेका हुन् ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले मङ्गलबार राति सुत्न आएको दुवै जना बुधबार दिउँसो २ बजेसम्म पनि नउठेपछि प्रहरीमा खबर आएको जानकारी दिए । दुवै व्यक्ति के कारणले मरे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्