म उपाध्यक्ष हुँदा पार्टीलाई मात्र हैन, देशलाई फाइदा हुन्छः वामदेव गौतम

काठमाडौं भदौ ५ / नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता तथा सचिवालय सदस्य वामदेव गौतमले आफू पार्टीको उपाध्यक्ष हुँदा त्यसले पार्टी र देशलाई नै फाइदा हुने बताएका छन्।

फाईल तस्विर

‘म उपाध्यक्ष हुँदा पार्टीलाई मात्र होइन, देशलाई फाइदा हुन्छ’, उनले भने, ‘पार्टी निर्माणमा मैले यत्रो ठूलो योगदान गरेको छु।’

पार्टीको संगठन विभाग प्रमुखको नयाँ जिम्मेवारी पाएका नेता गौतमले पार्टी निर्माणमा आफूले ठूलो योगदान पुर्‍याएको स्मरण गराए।अब पार्टीका सबै सदस्यलाई जनताको घरघरमा स्थापित गराउने उनले बताए।

नेकपाका पार्टी सदस्यहरू अरूभन्दा फरक देखाउनको लागि आफूले सो कदम चाल्ने उनले बताएका छन्।उनले भने, ‘अब त्यसैको लागि काम गर्छु।’विधानमा नभएको उपाध्यक्ष पद कसरी सिर्जना भयो भन्ने पत्रकारको प्रश्नमा नेता गौतमले त्यसबारे दुवै अध्यक्षहरूलाई सोध्नुपर्ने बताएका छन्।


प्रतिक्रिया दिनुहोस्