सुकेटार विमानस्थल नियमित गराउँछौं : मन्त्री भट्टराई

ताप्लेजुङ भदौ ५ / संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङस्थित सुकेटार विमानस्थलबाट बाह्रै महिना उडानका लागि प्रयासरत रहेको जानकारी गराएका छन् । मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला ताप्लेजुङ आइपुगेका भट्टराईले बिहीबार बिहान विमानस्थलको निरीक्षण गर्दै नियमित उडानका लागि विमानस्थलको सुधार तथा स्तरोन्नती गरिने बताए।

विमानस्थलको दुबै भागबाट विमान अवतरण गर्न सक्ने गरि स्तरोन्नती गर्ने र मौसम सफा नहुँदासमेत उडान गर्न सकिने गरी उपकरण जडान गर्ने मन्त्रिको भनाई छ। तराईका केही विमानस्थलमा यस्ता उपकरण जडानको तयारी भइरहेको र यसलाई अन्य क्षेत्रमा समेत विस्तार गर्दै लगिने मन्त्री भट्टराईले बताएका छन्।

मौसम खराबीकै कारण सुकेटार विमानस्थलमा हरेक वर्षको असारदेखि झण्डै असोजसम्म नै उडान अवरुद्ध हुने गरेको छ। नेपाल वायु सेवा निगमले उडान गर्दै आएको यस विमानस्थलमा गएको असारदेखि मौसम खराबीकै कारण निरन्तर उडान अवरुद्ध छन् ।


प्रतिक्रिया दिनुहोस्